शुक्रबार देशभर ३४ विपद्का घटना, एक जनाको मृत्यु, छ जना घाइते
थानकोट ।
शुक्रबार (भदाै २०) देशभर कूल ३४ विपद्का घटना घटेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावर आक्रमणजस्ता विपद्का घटना घटेका छन् ।
विभिन्न पाँच वटा सडकमा अवरोध भएका छन् भने अनुमानित क्षति रु तीन लाख ९५ हजार बराबर भएको छ ।
प्राधिकरणका अनुसार, पाँचथर, ताप्लेजुङ, लमजुङ, मुस्ताङ, रोल्पा, रुकुम पूर्व, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, डोटी, बझाङ र सोलुखुम्बुमा पहिरोको कारण जनजीवन प्रभावित भएको छ ।
प्राधिकरणका अनुसार, गत वैशाखदेखि यही भदौ १८ गतेसम्म कूल तीन हजार ४४७ वटा विपद्का घटना घटेका छन् । त्यसमा परेर २२१ जनाको निधन भएको छ ।
यस्तै, २२ जना नागरिक बेपत्ता भएका छन् भने ८११ जना घाइते भएका छन् । ती घटनामा परेर छ हजार २६१ घरपरिवार प्रभावित भएका छन् ।
कूल २५४ वटा बाढीका घटना भएका छन् । त्यसमा परेर २७ जनाको निधन भएको छ भने २२ बेपत्ता भएका छन् । यस्तै, १०


















