हरिसिद्धीमा प्रदेश मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दियाे, सडक अवरुद्ध

Thankot Times

थानकोट ।

ललितपुरको हरिसिद्धीमा प्रदेश मन्त्री सवार गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन् ।

घाइते बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको ललितपुर प्रहरीले जनाएको छ ।

ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले)को विधान महाधिवेशनतर्फ गइरहेको गाडीले हरिसिद्धी मावि अगाडि जेब्राक्रसिङमै बालिकालाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।

ठक्कर दिएपछि आक्रोशित स्थानीयले सातदोबाटो–गोदावरी सडक अवरुद्ध गरेका छन् ।

ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले गाडीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

ललितपुरको हरिसिद्धीमा कोसीका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार गाडीले बालिकालाई ठक्कर दिएको खुलेको छ ।

अहिले सडककाे अवरोध हटाउन छलफल भइरहेको छ ।

तस्बिर: बाह्रखरी


Leave a Reply

Your email address will not be published. Required fields are marked *