काठमाडौमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी
थानकोट ।
काठमाडौंमा लाखाैं रुपैयाँको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार तारकेश्वर नगरपालिका-६, पैयुटार हाइटमा देवेन्द्र मैनालीको घरबाट सुनका विभिन्न गहना र नगदसहित करिब ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
यो घटना शनिबार राति भएको हो।
प्रहरीले यस घटनामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

















