नेपाली काँग्रेसका सभापति देउवालाई काठमाडाैं महानगरका मेयरको प्रश्न : कुन भीपीएन हो ?

Thankot Times

थानकोट ।

नेपाल सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको बेला सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै प्रतिबन्धित सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।  

देउवाले सरकारको निर्देशन नटेरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले देउवाप्रति उक्त पोस्टमा व्यङ्ग्य गर्दै कमेन्ट गरेका छन् ।

देउवाले शनिबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापना दिवस र रकम पूजा कार्यक्रमलाई सम्बोधन गरेको भन्दै तस्बिरहरु पोस्ट गरेका थिए ।

उक्त पोस्टमा बालेनले लेखेका छन्, ‘यो पोस्ट कुन भीपीएनबाट हो । नेपाली हो कि विदेशी । साह्रै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त ।’

तस्बिर: गाेपाल दाहाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *