काठमाडाैंमा जेनजी प्रदर्शनमा प्रहरी दमन, १६ जनाको मृत्यु, अस्पतालमा रगत र एम्बुलेन्स अभाव
थानकोट ।
काठमाडाैंमा सोमबार जेन-जी प्रदर्शनकारी माथि प्रहरी प्रशासनले गरेको दमनमा परी कम्तीमा १६ जनाले ज्यान गुमाएका छन् ।
कैंयन घाइते भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु भएका प्रदर्शनकारीको संख्या १६ पुगेको पुष्टि भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेकोमा पछिल्लो अद्यावधिकसँगै संख्या बढेको हो ।
काठमाडाैंका वीर, सिभिल, सिभिल लगायतका अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । अहिले ती अस्पतालमा रगत तथा उपचार सामाग्री अभाव भएको बताइएको छ ।
रेफर गरिएका बिरामी ओसार्न एम्बुलेन्सको कमी भएको समेत सम्बन्धित अस्पतालहरूले जनाएका छन् ।

















