जेेनजी प्रदर्शनमा सरकारको बर्बरताविरुद्ध चन्द्रागिरिमा विराेध
थानकोट ।
साेमबार काठमाडौं लगायत देशकम विभिन्न स्थानमा युवाहरूले निकालेकाे प्रदर्शनी ‘जेन जी’ मा प्रहरीले गरेको बर्बर दमनकाे विराेधमा चन्द्रागिरि नगरमा पनि विराेध भएको छ।
स्थानीयले तीनथाना, चेकपोस्ट लगायतका स्थानमा मसाल जुलुससहित प्रदर्शन गरिरहेका छन् ।
तीनथानामा स्थानीयले सडकमा लेखेरै सोमबारको घटनाको विरोध गरेका छन् भने मृतकहरूको सम्झनामा दीप प्रज्ज्वलन गरेका छन् ।
चेकपोष्टमा कुमारी बैंक सडकमा स्थानीयले सोमबारको बर्बरतापूर्वक गरिएको दमनको विरोधमा मसाल जुलुस निकालेका छन् ।












