प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै काठमाडाैं महानगरका मेयरले लेखे कडा टिप्पणी
थानकोट ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।
जेनजी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको ज्यान गएपछि बालेनले सामाजिक सञ्जालमा स्टाटस राख्दै प्रधानमन्त्री ओलीलाई ‘आतंकवादी’को संज्ञा दिएका छन् ।
“तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस । यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्,” बालेनले लेखेका छन् ।


















