संसद् भवनभित्र ३२ जना मृत फेला भनेर गरिएको प्रचार भ्रामक- नेपाल प्रहरी

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हाल भइरहेको आन्दोलनलाई जोडेर  ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनि शीर्षक राखेर भ्रामक प्रचार भइरहेको प्रहरीले स्पष्ट पारेको हो । 

अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्बिरलाई प्रयोग गरी सामाजिक सञ्जालमा यस्तो खालको भ्रम फैलाइएको प्रहरी प्रधान कार्यालयले बुधवार जनाएको हो । 

प्रहरीले यस विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक समाचार सिर्जना गरेर स्थितिलाई थप भड्काउने कार्य नगर्न समेत सबैमा अनुरोध गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *