प्रहरी वृत्त थानकोट पुन:स्थापना
थानकोट ।
मंगलबार भएको प्रदर्शनका क्रममा आगजनीका कारण क्षतिग्रस्त भएको प्रहरी वृत्त थानकोट इकाई पुन:स्थापना भएको छ ।
नेपाली सेनाको नेतृत्वमा शान्ति सुरक्षा व्यवस्थासहित आजदेखि प्रहरी इकाई पुनः सञ्चालनमा ल्याइएको हो ।
सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सेनाको सक्रिय समन्वयमा शान्ति र सुरक्षा प्रबन्धलाई प्राथमिकता दिँदै वृत्त पुन:स्थापना भएको हो ।
यसअघि वृत्तमा मंगलबार राति आगजनीका कारण वृत्त क्षतिग्रस्त बनेकोमा बुधबार स्थानीयबासीले क्षतिग्रस्त संरचना हटाएर कार्यालय सरसफाइ गरेका थिए ।
चन्द्रागिरिमा प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग नागढुङ्गा, प्रहरी प्रभाग मातातिर्थमा मंगलबारको प्रदर्शनपछि आगजनी भएका छन् ।












