नख्खु कारागारबाट फरार भएका टकला पक्राउ
थानकोट ।
ललितपुरको नख्खु कारागारबाट फरार भएका सञ्जय साह ‘टकला’लाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले काभ्रेबाट पक्राउ गरेको हो । जनकपुरबाट काठमाडौँ फर्किँदै गर्दा प्रहरी चेकिङको क्रममा उनी पक्राउ परेका हुन् ।
जेनजी प्रदर्शनकारीले नख्खु कारागार घेरेर भदौ २४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई निकालेका थिए ।
सो क्रममा टकला पनि जेलबाट फरार भएका हुन् ।
टकलाई अहिले धुलिखेलमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
१२ वर्ष देखी नख्खु कारागारमा रहेका साह पूर्व राज्यमन्त्री हुन् ।
अदालतले उनलाई जन्मकैदको सजाय गरेको छ ।
२०६९ वैशाख १८ मा जनकपुरको रामनन्द चोकमा ५ जनाको ज्यान जानेगरी भएका बम विष्फोटको घटनामा उनी मुख्य अभियुक्त हुन् ।

















