‘जेन जेड आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्र जस्तो लागेको छ’- प्रधानमन्त्री कार्की

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले जेन जेड आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् ।

पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ,’ कार्कीले भनिन् । उनले यसबारे छानबिनपछि सत्य तथ्य बाहिर ल्याउने बताइन् ।

उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरूमा भएको आगजनी लज्जास्पद भएको बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *