पिपलामोडनजिकै धादिङ जिल्लामा एक पुरुष मृत भेटिए, पहिचानका लागि प्रहरीले माग्यो सहयोग

Thankot Times

थानकोट ।

धादिङको धुनिवेशी नगरपालिका-०९ तिरतिरे धारामा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार आइतबार बिहान करिब १०ः३० बजे धुनिवेशी- ९ तिरतिरे धारास्थित त्रिभुवन राजपथको सडक नजिकै रुखमा पासो लगाएको अवस्थामा ३५/३६ वर्षको पुरुषको शव फेला परेको हो ।

हाल उनको पहिचान हुन नसकेको र शव पोस्टमर्टनका लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उनको पहिचानका लागि सहयोग गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *