नैकापमा सवारी दुर्घटना, धादिङे थापाको उपचारका क्रममा मृत्यु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका  नैकापमा भएको दुर्घटनामा एक जनाको  मृत्यु भएको छ ।

लु.१ क ४४२५ नम्बरको ट्याङ्कर र बा.प्र. ०२–०४५ प ४६४५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार धादिङ थाक्रे गाउँपालिका–२ सिमलेकटी बस्ने ५५ वर्षीय देव बहादुर थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै, दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *