नगर अस्पतालका लागि १ करोड रुपैयाँको औषधीजन्य सामाग्री किन्दै चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट ।

नगर अस्पतालका औषधीजन्य सामाग्री खरिदका लागि चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बोलपत्र आह्वान गरेको छ ।

मंगलबार राष्ट्रिय दैनिकमा सूचना जारी गर्दै चन्द्रागिरि नगरपालिकाले करिब १ करोड रुपैयाँको औषधीजन्य सामाग्री किन्ने भएको हो ।

स्वास्थ्य बीमा प्याकेज अन्तर्गत सो बोलपत्र आह्वान गरिएको सो सूचनामा उल्लेख छ ।

९९ लाख १ हजार २ सय ८५ रुपैयाँ बराबरको सो बोलपत्र कार्तिक १२ गते खोलिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *