नेपाली कांग्रेसले ७७ जिल्लामै संविधान दिवस मनाउने

Thankot Times

थानकोट।

नेपाली कांग्रेसले असोज ३ गते ७७ जिल्लामै संविधान दिवस मनाउने निर्णय गरेको छ।

बुधबार सानेपास्थित पार्टी कार्यालय निरीक्षणमा आएका उपसभापति खड्काले देशैभर असोज ३ गते संविधान दिवस मनाउने जानकारी सञ्चारकर्मीलाई गराए।

उनले सानेपामा भने- असोज ३ गते ७७ वटै जिल्लामा, देशबाहिर पनि जुनजुन देशमा छौं, पार्टीका कमिटी, भातृ संस्था, शुभेच्छुक संस्था सबैलाई अनुरोध गरिसकेका छौं, सबैले संयुक्त रूपमा ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर हामीले संविधान दिवस मनाउने निर्देशन गरिसकेका छौं।’

उनले पार्टीको कार्यसम्पादन समितिको बैठकबाट संविधान दिवस मनाउने निर्णय भएको पनि बताए।

‘संविधान दिवस अत्यन्त संयमिततापूर्वक, दृढतापूर्वक संविधान रक्षाको केन्द्रीय जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ,’ खड्काले भने।

अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिपछि संसद विघटनको विरोध गर्दै वक्तव्यबाजी गरिरहेका दलहरू सम्हालिएर चुनावको तयारी गर्न थालेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *