पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटियो

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ ।

भदौ २४ गते भएको जेन-जी आन्दोलनमा आन्दोलनकारीले रविलक्ष्मीलाई घरमै जिउँदै आगो लगाएका थिए ।

त्यसपछि उनको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचारका क्रममा हातमा इन्फेक्सन भएपछि चित्रकारको हात काटिएको झलनाथ खनालले  बताएका छन् ।

‘इन्फेक्सन भएको कारणले देब्रे हात काटेर फालिएको छ। अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।’ खनालले भने, ‘म निरन्तर उनीसँगै छु अहिले त प्रतिक्रिया जनाउन थालिसकेकी छन् ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *