भोटेकोशी बाढी प्रभावितलाई कीर्तिपुर नगरपालिकाले ३० लाख सहयोग गर्ने
थानकोट ।
काठमाडाैंको कीर्तिपुर नगरपालिकाले रसुवास्थित भोटेकोशी नदी बाढी प्रभावितको सहायतार्थ३० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख मेयर कृष्णमान डंगोलले जानकारी दिए ।











