छठ पर्वपछि विशाल आन्दोलन सुरु गर्ने प्रसाईंको घाेषणा

Thankot Times

थानकोट ।

दशैं, तिहार र छठ पर्वलगत्तै विशाल आन्दोलन गर्ने घोषणा दुर्गा प्रसाईंले गरेका छन् ।

प्रसाईंले शुक्रबार फेसबुकमार्फत् जेन–जी आन्दोलनमाथिको विश्वासघात र नयाँ संविधानको आवश्यकता भन्दै छठ पर्वलगतै विशाल आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

दुर्गा प्रसाईंले लेखेका छन्, ‘जबसम्म हामी आफैँ जन्मेको माटोको सुगन्धसँग मेल खाने आन्दोलन र यसै भूमिको आत्मासँग जोडिएको संविधान निर्माण गर्न सक्दैनौँ, तबसम्म हरेक दशकमा यस देशमा नेपालीको रगतको खोलो बगिरहन्छ ।’ दुर्गा प्रसाईंले आफुहरुलाई विदेशीको इशारामा लेखिने वा विदेशीलाई खुशी पार्ने संविधान नचाहिएको स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो चाहना भनेको नेपालको माटो सुहाउने र नेपालीको सपना र भावनासँग मेल खाने संविधान हो ।’ प्रसाईंले आगामी दशैं–तिहार र छठ पर्वपछि नेपालीकै मन–मुटुबाट उठ्ने आन्दोलनले यो मुलुकलाई आमूल परिवर्तन गर्ने विश्वास लिएका छन् ।

उनले भने, ‘नयाँ पुस्ताले आफ्नै हातले नयाँ संविधान लेख्नेछन् , जसमा भविष्यका पुस्ताको स्वाभिमान, नेपालीपन र राष्ट्रिय पहिचान स्पष्ट झल्किनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *