उपत्यका मेयर्स फोरम सचिवालय बैठक सम्पन्न, मेयर्स फोरमको बैठक आगामी साता बस्दै

Thankot Times

थानकोट ।

काठमाडाैं उपत्यका मेयर्स फोरमको सचिवालय बैठक शुक्रबार सम्पन्न भएको छ।

बैठकमा सो फोरमका पदाधिकारीहरूको उपस्थिति रहेको बताइएको छ ।

मेयर्स फोरमको सचिवालय बैठकले आगामी साता फोरमको बैठक बस्ने निर्णय गरेको छ ।

गोदावरी नगरपालिकामा बस्ने गरि निर्धारित आगामी साताको बैठकमा गत भदाै २३ र २४ गते भएको जेन-जी प्रदर्शनपछि भएको क्षतिको विवरण संकलन लगायत एजेण्डामा छलफल एवं निर्णय हुने बुझिएको छ ।

सो प्रदर्शनका क्रममा काठमाडाैं उपत्यकाका विभिन्न स्थानीय तहका भवन, पालिका प्रमुख, उपप्रमुख एवं अन्य जनप्रतिनिधिका निजी सम्पत्तीमा समेत तोडफोड, लुटपाट र आगजनी भएका थिए ।

काठमाडाैं उपत्यकाका स्थानीय तह (पालिका)बीचमा सहकार्य गर्न २०७४ सालबाटै उपत्यका मेयर फोरमको बैठक नियमित रुपमा बस्दै आएको छ ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन फोरमको अध्यक्ष र चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी महासचिवको जिम्मेवारीमा छन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *