मुग्लिन-नारायणगढ खण्डमा पहिरो, शनिबार बिहानसम्म सवारी आवागमन बन्द

Thankot Times

थानकोट ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै शुक्रबार साँझ पहिरो जाँदा अवरुद्ध सडक अझै खुल्न सकेको छ ।

पहिरो खस्ने क्रम अझैसम्म पनि नरोकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

शुक्रबार साँझ ७ः१५ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध छ । 

रातको समयमा माथिबाट झरेको ढुंगा/पहिरो नदेखिने र सम्भावित दुर्घटना निम्तन सक्ने भएकोले सुरक्षाको दृष्टिकोणले अहिले पहिरो हटाउन सम्भव नभएको कार्यालयले जनाएको छ । भोलि बिहान ४ बजेसम्मका लागि सवारी आवागमन नगर्न अनुरोध गरेको छ ।  

“पहिरो खस्ने क्रम अझैसम्म पनि नरोकिएकोले रातको समयमा माथिबाट झरेको ढुंगा/पहिरो नदेखिने र सम्भावित दुर्घटना निम्तन सक्ने भएकोले सुरक्षाको दृष्टिकोणले पहिरो हटाउन सम्भव पनि नभएकोले भोलि बिहान ४ बजेसम्मका लागि सवारी आवागमन पनि नगर्नुहुन अनुरोध छ । भोलि बिहानै करिब ४ बजेतिर पहिरो हटाउने कार्य सुचारू हुनेछ,” कार्यालयले जारी गरेको सूचनामा भनिएको छ । 

सडकमा रोकिएका सवारीसाधनलगायत यात्रुहरूलाई आजको रात अवधिभर सावधानीपूर्वक सुरक्षित स्थानतिर बस्न समेत कार्यालयले आग्रह गरेको छ । 

तस्बिरः सडक डिभिजन कार्यालय, भरतपुर


Leave a Reply

Your email address will not be published. Required fields are marked *