राष्ट्रपति पाैडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
यस बारेमा राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले एक विज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।
संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति हेराैंः













