क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीका रूपमा लिलाम बिक्री गर्ने मन्त्रिपरिषद्को निर्णय

Thankot Times

थानकोट ।

नेपाल सरकारले जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त सवारीसाधन र मेसिनलाई कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

सम्बन्धित खाताबाट त्यस्ता सामान मिनाहा गरी कवाडीका रूपमा लिलाम गर्ने निर्णय भएको हो।

केन्द्रस्तरमा सहरी विकास मन्त्रालयको संयोजकत्वमा र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी बिक्री प्रक्रिया अघि बढाउने निर्णय भएको छ।

यस्तै, आन्दोलनका क्रममा भएको क्षतिको आकलन गर्न छुट्टै समिति गठन गर्ने निर्णय समेत सरकारले गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *