सपथका लागि नवनियुक्त सञ्चार मन्त्री खरेल तयार

Thankot Times

थानकोट ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त गरिएको सञ्चारकर्मी जगदीश खरेलले इमेज टेलिभिजनबाट बिदा लिएका छन् ।

मन्त्रीको पद तथा गोपनीयताको शपथमा सहभागी हुनुअघि सोमबार (असोज ६) टेलिभिजन पुगेर उनले बिदा लिएका हुन् ।

इमेज टेलिभिजनका समाचार प्रमुख रहेका खरेललाई ‘जेन-जी’को प्रदर्शनपछि बनेको अन्तरिम सरकारमा आइतबार (असोज ५) सञ्चार मन्त्रीमा नियुक्त गरिएको हो ।

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।

खरेलसहित अन्य नवनियुक्त मन्त्रीले अहिले केहीबरेमा शपथ लिँदैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *