धादिङको जवाङ खोलामा पहिरो खसेपछि पृथ्वीराजमार्गमा यातायात सञ्चालन ठप्प, यात्रु समस्यामा

Thankot Times

थानकोट ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित जवाङ खोलामा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन-काठमाडौं सडकखण्डमा  सडक दुईतर्फी अवरुद्ध भएको छ ।

गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो ।

तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पहिरोका कारण सवारी साधन नगुडेपछि दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।

पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ ।

रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले भनेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *