भदाै २४ पछि पहिलोपटक मिडियामा एमाले अध्यक्ष केपी शर्मा ओली

Thankot Times

थानकोट ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई माया गर्नेले सिंहदरबार नजलाएको टिप्पणी गरेका छन् ।

मंगलबार गुन्डु निवासमा पुगेका युवाहरूलाई उनले घुसपैठिया तत्त्वले सिंहदरबार जलाएको बताए ।

“देश, इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला त ? पक्कै जलाएन । अरू नै कुनै घुसपैठिया तत्त्वहरूले जलाएका हुन्,” उनले भने ।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै भने, “जो पहिल्यैदेखि भन्दै थिए, सिंहदरबार जलाउँछु भनेर ।”

ओलीले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि पहिले पनि जलाउन खोजेको बताए । “यो योजनाबद्ध काम हो । यस्तो कुरा हामीले बुझ्नुपर्छ,” उनले भने ।

ओलीले नेपालीलाई भिसा नदिने अवस्था आएको भन्दै सभ्य मानिसहरूको देश भएको सन्देश दिनुपर्ने बताए । “नेपालीलाई अहिले भिसा नदिने भइसके, काम नदिने अवस्था भइसक्यो । नेपाल बदनाम अवस्थामा छ । त्यसबाट जोगाउनुपर्छ । नेपाल इमानदार र कर्मठको देश हो । सभ्य मानिसहरूको देश हो,” ओलीले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *