माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

बिहान ११ बजे प्रज्ञा भवनमा बैठक सुरु हुनेछ ।

यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुनेछ ।

यसैगरी फागुन २१ गतेका लागि निर्धारित आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुनेछ ।

जेन-जी प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रमसमेत एजेन्डामा समावेश गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *