कात्तिक ३० सम्म मतदाता नामावली संकलन गर्ने निर्वाचन आयोगको निर्णय

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।

बिहीबार (असोज ९) बसेको आयोग बैठकबाट कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरिएको हो ।

“कार्तिक मसान्तसम्म मतादाता नामावली संकलन गर्ने निर्णय भएको छ ।

आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन्,” कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।

निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था सरकारले अध्यादेशमार्फत परिमार्जन गरेपछि आयोगले नयाँ निर्णय गरेको हो । आउँदो फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *