नेकपा एमालेका अध्यक्ष ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस
थानकोट ।
जेन जेड आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।
आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।













