धादिङ जाँदै गरेको यात्रुबसमा थानकोटमा आगाे लाग्याे
थानकोट ।
काठमाडौंबाट धादिङतर्फ जाँदै गरेकाे यात्रुबसमा मंगलबार दिउँसो आगाे लागेको छ।
सडकमा गुडिरहेको बा ४ ख ४ ४४६६ नम्बरको यात्रुबस थानकोट खरिबाेट पुग्दा उक्त बसमा एक्कासी आगाे लागेको हाे ।
साे क्रममा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
स्थानीय, नेपाल प्रहरी तथा चन्द्रागिरि नगर प्रहरी सेवाको सहयोगमा बसमा लागेको आगाे निभाइएको थियो ।
बसमा कसरी आगाे लाग्याे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
गाडीको इन्जिनमा सट भएपछि सो घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।












