प्रधानमन्त्री कार्कीको सचिवालयमा तीन सल्लाहकार थपिए

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छन् ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् ।

खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् ।

यस्तै, प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन् ।

उनले नेपालको न्यायपालिकामा लामो समय काम गरेका थिए ।

श्रेष्ठले लगातार तीन प्रधानन्यायाधीशहरू रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए ।

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन् ।

तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । उक्त संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *