राष्ट्रपति पाैडेलद्वारा विजयादशमीको शुभकामना व्यक्त, राष्ट्रिय मेलमिलाप र सुशासनमा जोड

Thankot Times

थानकोट।

राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार (२०८२ असोज १६ गते) शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि कामना गरेका हुन् ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले सत्य, धर्म र न्यायको विजयको प्रतीकका रूपमा रहेको यस महान् चाडको दिन मान्यजनहरूबाट नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराको स्मरण गरेका छन् ।

राष्ट्रपति पौडेलले यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गरेको उल्लेख गरेका छन् । उनले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामनासमेत गरेका छन् ।

‘यस अवसरमा समग्र राष्‍ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,’ सन्देशमा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ