इन्द्रस्थानस्थित स्वीजरल्याण्ड पार्क क्षेत्रबाट चोरीको मोटरसाइकलसहित युवा पक्राउ

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले चोरीका मोटरसाइकल र स्कुटरसहित तीन जना युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा १८ वर्षका २ जना र ३३ वर्षका एक जना युवा रहेका छन् ।

उनीहरूको साथबाट बा ५७ प ७७०४ नम्बरको स्कुटर, प्र ३-०२-०१२ प ३०२१ नम्बरको मोटरसाइकल र बा २७ प ६४१ नम्बरको मोटरसाइकल बरामद् भएको छ ।

पक्राउ परेका उनीहरूमाथि चोरीसम्बन्धी कसूरमा अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त स्वयम्भू, महाराजगञ्ज र कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ