चन्द्रागिरिमा एक घरबाट १० लाख रुपैयाँ बराबरको धनमाल चोरी
थानकोट ।
चन्द्रागिरि नगरपालिका क्षेत्रमा दिनानु दिन चोरीको घटना बढ्दै गएको छ ।
शनिबार साँझ ७ बजेतिर चन्द्रागिरि-१ घट्टेडाँडाको एक घरबाट करीब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
घट्टेडाँडास्थित राजेन्द्र श्रेष्ठको एक तल्ले पक्की घरको मुल ढोकाको ताल्चा फुटाई चोर प्रवेश गरि धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।
चोरले दराज फोडी नगद र सुनको रानी हार, नेकलेश, तिलहरी, औठी लगायतका समान चोरी भएको प्रहरीकोमा उजुरी परेको हो ।
करीब साढे ४ तोलाका सुनका गरगहना र नगद गरी ९ लाख रुपैयाँ भन्दा बढीको चोरी भएको जनाइएको छ ।
प्रहरीले चोरी गर्ने व्यक्तिहरुको खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।
जेन-जी आन्दोलन पश्चात र पछिल्लो विकसित घटनाक्रमसँगै चोरी, सिक्री लुट्ने लगायतका आपराधिक घटना बढदै गएका छन् ।
एआईबाट सृजित तस्बिर












