देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको बैठकलाई सम्बोधन गर्दै देउवाले खडकालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

साथै, देउवाले पार्टीको नियमित महाधिवेशन तोकिएको समयमानै  हुने बताएका छन् ।

देउवा निकट नेताका अनुसार उनी उपचारका लागि सिंगापुर जाने तयारीमा समेत रहेका छन् ।

आजको बैठकको शुरुमा नै देउवाले आफ्नो लिखित सम्बोधन पढेका थिए ।

सम्बोधनका क्रममा देउवाले भदौ २३ र २४ गतेको घटनाको छानबिनको माग गरेका छन् ।

साथै, उनले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारसँग माग पनि गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *