मधेश प्रदेशमा नयाँ सरकार गठन हुने

Thankot Times

थानकोट ।

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधबार दिउँसो ४ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

मंगलबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएको घोषणा गर्नुभयो ।

राजीनामा दिँदै सिंहले आफ्नो राजीनामाको विषयलाई अतिरञ्जित बनाउने काम गरिएको टिप्पणी गर्नुभयो ।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *