नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
थानकोट ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज आज पनि बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
शुक्रबार २१ केन्द्रीय सदस्य र ४ प्रदेश सभापतिले धारणा राखेका थिए ।
बिहीबार ७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
हालसम्म बोल्ने अधिकांश नेताहरुले आगामी मङ्सिर मै नियमित महाधिवेशन गर्नु पर्नेमा जोड दिएका छन् ।
केन्द्रीय सदस्य धारणा राख्ने क्रम जारी छ ।
पहिलो बैठकमा शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।












