नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ सम्मका लागि स्थगित

Thankot Times

थानकोट ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।

शनिबार बस्ने भनिएको बैठक पार्टीका पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनका कारण कात्तिक १३ सम्मका लागि स्थगित गरिएको केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए ।

पार्टीको १५ औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमा बैठकमा विवाद चर्केको थियो । नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहित संस्थापन पक्षकै कतिपय नेतासमेत मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका थिए ।

तर, संस्थापनपक्षका पूर्व पदाधिकारीले मंसिरमै महाधिवेशन गराउन नचाहेकाले महामन्त्री थापाले मंसिरकै लागि गृहकार्य गरेको महाविधेशनको तालिका समेत केन्द्रीय कार्यसमितिको बैठकमा ल्याउन सकेका छैनन् । उनले मंसिर २७–२९ गते १५ औं महाधिवेशनको तालिका सार्वजनिक गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *