राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालयमा ४ नेता मनोनीत

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ ।

भर्चुअल रूपमा शनिवार बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम , गणेश पराजुली , शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको हो । चारै जनालाई कार्यवाहक सभापति डिपि अर्यालले मनोनीत गरेका हुन् ।

रास्वपा सचिवालयका अनुसार आमन्त्रित सचिवालय सदस्यको रूपमा रहेका उनीहरू चारै जनालाई सचिवालय सदस्यमा ल्याइएको हो । यसअघि रास्वपामा १० जना सचिवालय सदस्य थिए ।

अब भने १४ जनाको सचिवालय बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *