मेरो सत्य बोल्ने बानी छ : ओली
थानकोट ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमा अहंकार नभएर सत्य बोल्ने बानी भएको बताएका छन् ।
आइतबार सम्पादकहरूसँगको छलफलमा उनले भने, “अहंकारको कुरा होइन, सत्य बोल्ने बानी छ ।”
ओलीले देश र जनताप्रति आफू बफादार भएको पनि बताए । त्यो कसैलाई मन नपर्नु व्यक्तिगत कुरा भएको ओलीको भनाइ छ ।
उनले जेनजीहरूलाई भ्रममा परेर विरोधका लागि तयार पारिएको जिकिर गरे । जेनजी आन्दोलनमा प्रधानमन्त्रीको राजीनामाको माग नभएको उनको भनाइ छ ।
“डेढ वर्षदेखि नेपालमा अनुत्तरदायी भएर चलाउन पाइँदैन, दर्ता हुनुपर्छ । लिखित, मौखिक पत्राचार गरेका थियौँ,” सामाजिक सञ्जाल गरिएकोबारे ओलीले भने ।
उनले ‘कर तिर्दिनँ, दर्ता गर्दिनँ, कानुन मान्दिनँ’ भनेपछि बन्द गरिएको बताए । “राष्ट्रको स्वाभिमान हुँदैन ? आदत लागेको छ । हत्तपत्त म कुनै पनि कुराको एडिक्ट हुन्न । देशको स्वाभिमान भन्दा ठूलो मेरो आदत हुँदैन,” उनले भने ।












