नेवार समुदायमा आज म्हः (आत्म) पूजा गरिँदै

Thankot Times

थानकोट ।

आज नेवार समुदायमा म्हः अर्थात् आत्म पूजा गरिँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका व्यक्तिहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्छ ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् बताउँछन् ।

यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाण्डौ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत देशका विभिन्न ठाउँमा मनाउने गरिएको छ । यसैबीच हिजो म्हः पूजा गरेका भक्तपुरका नेवार समुदायले आज भाइटीका मनाउँदै छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *