नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ घटेर दुई हजार ९ सय २० रुपैयाँ कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन (हिजो) सोमबार चाँदी प्रतितोला दुई हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *