भीमेश्वरमा राष्ट्रपति कार्यालयबाट क्षमा पूजा !

Thankot Times

थानकोट ।

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा मंगलवार राष्ट्रपति कार्यालयबाट विशेष क्षमापूजा गरिएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर– २ दोलखा सहरमा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरमा पसिना आएर अनिष्ट नहोस् भनेर राष्ट्रप्रमुखको तर्फबाट क्षमापूजा गर्ने प्रचलन रहेको छ । सोही  अनुसार राष्ट्रपति कार्यालयबाट शुभसाईत पारेर मंगलवार क्षमापूजा र विशेष रुद्री गरिएको भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठले बताए ।

मंगलवार राष्ट्रपति कार्यालयका उपसचिव ईश्वरी प्रसाद पाण्डे, शुसिल तिमल्सिना, कुमारी घरका अध्यक्ष गौतम शाक्य, दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दहाल, गरुड दल गणका गणपति लोक सागर कटुवाल, अनुसन्धान अधिकृत धिरज बानियाँ, प्रहरी निरीक्षक श्रीराम तिमल्सिना, भीमेश्वर नगरपालिका वडा नम्बर– २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ लगायतको सहभागितामा क्षमा पूजा र विशेष रुद्री गरिएको हो ।

भीमेश्वरलाई पसिना आएपछि घण्टा, नगरा लगायत बजाएर पसिना पुच्छने र उक्त कपास महाप्रसादको रुपमा राष्ट्रपति कार्यालय पठाउने प्रचलन रहँदै आएको छ । पसिना पुछेको कपास महाप्रसादको रुपमा पुगेपछि राष्ट्रपति कार्यालयको तर्फबाट क्षमापूजा गर्ने प्रचलन छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *