इन्दु वर्माले क्यानडा सुपर-६० खेल्ने, बन्यो यस्तो इतिहास
थानकोट ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले टोरेन्टो सिक्सर्सबाट क्यानडा सुपर–६० प्रतियोगिता खेल्ने भएकी छन् ।
प्रतियोगिताको सिजन-२ का निम्ति इन्दुलाई भित्र्याइएको टोरेन्टोले सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।
इन्दुले पहिलोपटक यो प्रतियोगितामा सहभागिता जनाउँदै छिन् ।
योसँगै उनी क्यानडा सुपर-६० खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बन्नेछिन् ।
उक्त टी-२० प्रतियोगिताको दोस्रो सिजन आउँदो सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म हुँदै छ ।











