सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ७ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज बुधबार सुन प्रतितोला दुई लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन हिजो मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर दुई हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार चाँदी प्रतितोला दुई हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।













