सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० र चाँदी २५० ले घटेको हो ।

आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।

बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य रु चार हजार ४८५  मा कारोबार भएको थियो ।

मंगलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी चार हजार ५९० मा खरिद बिक्री भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *