महालक्ष्मी जात्राका अवसरमा यसवर्ष थानकोटमा सांस्कृतिक कार्यक्रम आयोजना नहुने
थानकोट ।
महालक्ष्मी जात्राका अवसर थानकोटमा वर्षेनी आयोजना हुने सांस्कृतिक कार्यक्रम यस वर्षका लागि भने रद्द गरिएको छ।
देशको वर्तमान गम्भीर अवस्था र जारी राजनीतिक अनिश्चितता र अस्थिरतालाई मध्यनजर गर्दै यस वर्ष थानकोट जात्राको अवसरमा शोणितपुर सांस्कृतिक साँझ-२०८२ कार्यक्रम आयोजना नहुने व्यहोरा सार्वजनिक भएको हो ।
न्हुज सांगीतिक समुहले सोमबार एक सूचना जारी गर्दै पूर्वनिर्धारित सो कार्यक्रम स्थगित भएको जनाएको छ।
यही बुधबारदेखि थानकोटमा गणेश, महालक्ष्मी तथा भैरव जात्रा सुरु हुँदैछ ।
फाइल फोटो












