उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा बुझायो केन्द्रीय कमिटी सदस्यहरूको सूची

Thankot Times

थानकोट ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नाममा विवाद हुँदा मंगलबार साँझपख मात्रै उक्त पार्टीले केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची आयोगमा बुझाएको हो ।

केन्द्रीय कमिटीमा ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरू रहेको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।

यसअघि नै निर्वाचन आयोगमा रहेको उज्यालो नेपाल पार्टीमा केन्द्रीय कमिटी र विधान थप गर्दै मंगलबार उक्त सूची बुझाइएको लामाले बताए ।

‘हाम्रो यो नाम पहिल्यै आयोगमा थियो । अहिले त्यसमै केन्द्रीय कमिटी र विधान थप गरेका हौँ,’ उनले भने, ‘पूर्वसचिव अनुपकुमार उपाध्यायकै नाममा पहिल्यै भएको नाममा यी अपुग भएका विवरण थप गरेका हौँ।’

यसमा हिजो सुदन समूहका जेन जेडका प्रदेश संयोजक पनि थिए । तर, मंगलबार उनीहरूले अहिले केन्द्रीय कमिटीमा नआउने, पछिल्लो चरणमा सहकार्य गर्ने भनेपछि सोमबारको सहमतिमा हेरफेर गर्नुपरेको सो पार्टीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *