नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
थानकोट ।
विभिन्न १० दलबीच एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिमा नेकपा एकीकृत समाजवादीबाट ५५ जना समेटिएका छन् ।
नेकपाको १३८ सदस्यीय केन्द्रीय समितिमा मेटिएका शीर्ष नेताहरू हेर्दा टप १० मा माओवादी केन्द्रबाट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ४ जनामात्रै अटाएका छन् भने नेकपा एसबाट सह–संयोजक नेपालसहित ६ जना परेका छन् ।
तेस्रो नम्बरमा झलनाथ खनाल, चौथोमा वामदेव गौतम, आठौं नम्बरमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र दशौँमा डा। बेदुराम भुसाल समेटिएका छन् ।













