फागुन २१ को चुुनावका लागि ५ अर्ब बजेट स्वीकृत
थानकोट ।
सरकारले २१ फागुनकाे निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेकाे छ ।
आयाेगले साढे सात अर्ब माग गरेकाेमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ कराेड रूपैयाँ स्वीकृत गरेकाे निर्वाचन आयाेगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । `निर्वाचनका लागि स्राेत सुनिश्चितता भएकाे छ,´ भट्टराईले भने ।
थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएकाे बताए ।












