मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९ जनाले पाए ११ कित्ता

Thankot Times

थानकोट ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय नारायणचौरमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरिदका लागि १५ लाख ४७ हजार ९४९ जनाले एक करोड ६९ लाख १६ हजार ९८० कित्ता सेयर माग गरेका थिए । जसमध्ये एकहजार ६६५ जना आवेदकको आवेदन अस्वीकृत भएको थियो ।

बिक्री प्रबन्धकले योग्य १५ लाख ४६ हजार २८४ जना आवेदकलाई आईपीओ बाँडफाँट गरेको थियो । यीमध्ये ९ जना भाग्यमानी आवेदकले थप एक कित्ता आईपीओ हात पारेका छन् ।

कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सीडीएस एन्ड क्लियरिङका अनुसार उक्त आईपीओमा १६.५३ गुणा बढी आवेदन परेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *